Public Pana
एमाले लुम्बिनी प्रदेश अधिवेशन भदौ १६, १७ गते 

नेकपा एमालेको लुम्बिनी प्रदेशको प्रथम अधिवेशन भदौ १६ र १७ गते बुटवल–१० रामनगरस्थित बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने भएको छ ।

अधिवेशनको मिति नजिकिएसँगै नेतृत्वका आकांक्षीहरु पनि आफ्नो पक्षमा लबिङ गर्न थालेका छन् ।
 

अहिले प्रदेश समितिलाई केन्द्रले धेरै अधिकार दिएकाले एमालेका नेताहरू प्रदेश समितिमा जान होडबाजी गरिरहेका छन् । खासगरी लुम्बिनी प्रदेश अध्यक्षमा आउन चाहने नेताले भित्री रूपमा लबिङ गरिरहेका छन् ।
 

पार्टीको केन्द्रीय पदाधिकारीमा लुम्बिनीका प्रभावशाली नेताहरू रहेकाले नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको आगामी नेतृत्वमा को आउला भन्नेमा चासो बढेको छ ।
 

विगतमा प्रदेशको नेतृत्व धेरैको चासोमा नपरे पनि पछिल्लो पटक प्रदेश अध्यक्षलाई पोलिटब्युरो तहको मान्यता दिने पार्टीको निर्णयपछि यसअघि केन्द्रीय कमिटीमा पुगेका नेताहरूले समेत प्रदेश नेतृत्वका लागि लबिङ गरेका हुन् ।
 

प्रदेशको प्रथम अधिवेशनमा पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली लगायतका शीर्ष नेताहरू बुटवल जाने निश्चित भइसकेको छ । त्यसका लागि निम्तो दिन प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलसहितको टिम काठमाडौँ पुगेको छ ।
 

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  ०६:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update