Public Pana

भक्तपुरको सानोठिमीस्थीत बाल सुधार गृहमा बालकको मृत्युको घटनालाई लिएर तनाव उत्पन्न भएको छ ।

बाल सुधार गृहमा रहेका कमल बस्नेतको समयमा नै उपचार नपाएको मृत्यु भएको भन्दै सुधार गृहमा रहेकाले बाहिर निस्केर प्रदर्शन गरेपछि तनाव उत्पन्न भएको भएको हो ।

बिभिन्न अपराधमा मुछिएर बाल सुधार गृहमा राखिएका बालबालिकाहरुले बाहिर निस्केर प्रदर्शन गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

सो क्रममा बाल सुधार गृहभित्रबाट सुरक्षाकर्मीमाथि ढुङ्गामुढा भएपछि स्थीति नियन्त्रणमा लिने क्रममा झडप भएको थियो ।
झडपका क्रममा ८ जना शसस्त्र प्रहरी, ७ जना प्रहरी र ६ जना बाल सुधार गृहमा रहेका बन्दीहरु घाइते भएको भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए ।

गेट बाहिर निस्केर प्रदर्शन गर्ने क्रममा केहि बालबालिका भागेको जनाउदै भागेका मध्ये अधिकांशलाई नियन्त्रणमा लिइसकेको र अन्यको पनि खोजी कार्य जानकारी रहेको निरौलाले बताए ।

घटनापछि सुधारगृहबाहिर ठूलो संख्यामा सुरक्षकर्मी तैनाथ गरिएको छ । 

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  २३:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update