Public Pana
सर्वदलीय बैठक सिंहदरबारमा- प्रधानमन्त्री झुक्नै पर्यो

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठक सिंहदरबारमा बसेको छ ।

नेकपा एमालेले साउन १० देखि लगातार गरेको अवरोधले संसद चल्न पाएको छैन । हिजो आइतबार एमाले अध्यक्ष केपी शमौ ओली बैठकमा सहभागि नभएर निर्णायक बन्न नसकेर आज फेरी बस्यो ।

भोली मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले राखेको बैठकमा पनि सबै दलका नेताहरुको उपस्थित हुनेछ ।

प्रधानमन्त्री प्रचण्डले हिजो आइतबार पनि राष्ट्रिय दलको मान्यता प्राप्त ७ दलको सर्वदलीय बैठक राखेका थिए । 

त्यही भएर आज सोमबार संसद खोल्न निर्णायक समझदारी गर्नेगरी बैठक बसेको नेताहरूले बताएका छन् ।

साउन ३ गते त्रिभुवन विमानस्थल बाहिरबाट बरामद भएको सुन तस्करी प्रकरणमा उच्चस्तरीय समिति बनाउन दलहरुबीच सैद्धान्तिक सहमति जुटेको छ।

बैठकले उच्चस्तरीय समिति बनाउने कुरामा सहमति जुटाउँदै तीन सदस्यीय कार्यदल पनि बनाउने निर्णय गरेको छ।

उच्चस्तरीय समितिको मंगलबार बिहान ११ बजेसम्म तय गरेपछि दिउँसो २ बजे शीर्ष दलको बैठक बस्ने छ ।

उच्चस्तरिय समिति नबनाउने दाबी गरिरहेका प्रधानमन्त्री दाहाल र नेकपा माओवादी केन्द्र पार्टीले एमाले अध्यक्ष ओलीको अगाडी झुक्नै पर्यो र सरकार चलाउन बाटो खुलेकोमा दुविधा छैन ।

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  २२:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update