Public Pana
साताको दोश्रो दिन आज पनि शेयर बजार राताम्मे 

लगातार दोस्रो दिन आज सोमबार पनि शेयर बजार दोहोरो अंकले घटेको छ ।

शेयर बजार परिसूचक नेप्से आज १२ दशमलव ९३ अंकले घटेर एक हजार नौ सय ९८ दशमलव २८ विन्दुमा झरेको छ ।
आज सबै समूहको शेयर घटेर बजार राताम्मे देखिएको छ ।

आज सबैभन्दा धेरै मेन्छियाम हाइड्रोपावर कम्पनीको शेयर आठ प्रतिशत तथा हिमालयन पावर पार्टनरको शेयर झण्डै छ प्रतिशतले ओरालो लागेको छ ।

समग्रमा बजार राताम्मे भएको दिन आज सबैभन्दा धेरै लक्ष्मी लघुवित्त र खुटेली बुखारी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

४१ लाख ६३ हजार कित्ता शेयर एक अर्ब ४० करोड ८९ लाख रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै शिवम् सिमेन्टको आठ करोड दुई लाख रुपैयाँको शेयर खरिद बिक्री भएको छ ।
 

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १९:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update