Public Pana

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम क्षेत्र सधै पछाडी पर्न नसक्ने बताएका छन् ।
 

आज सोमबार काठमाडौंमा आयोजित स्रष्टा अभिनन्दन तथा डेउडा सांस्कृतिक उत्सवलाई सम्बोधन गर्दै उनले स्रोत साधनको अधिकतम प्रयोग गर्दै सुदूरपश्चिम क्षेत्रको बिकासमा जोड दिनुपर्ने बताएका हुन् ।
 

ओलीले सुदूरको दुर्गम क्षेत्रमा सवै प्रकारका कनेक्टिभिटी जोड्न सकिने धारणा राखे ।
 

उनले आफु प्रधानमन्त्री भएकै समयमा अप्टिकल फाइबर र केवल तार बिछ्याउने कामहरुदेखि लिएर सबै जिल्लामा फोरजी सेवा उपलब्ध गराउने काम गरेको र यसलाई सुदृढ गर्न जरुरी रहेको बताए ।
 

पूर्व प्रधानमन्त्री ओलीले राजनीतिक जागरणको हिसाबले पनि सुदूरपश्चिम क्षेत्र उद्गमस्थल भएको जिकिर गर्नुभयो । 

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १९:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update