Public Pana
सशस्त्र प्रहरी बलका दुई डीआईजीसहित १० एसएसपीको सरुवा

सशस्त्र प्रहरी बलका दुई नायब महानिरीक्षक (डीआईजी)सहित १० प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरिएको छ ।

गृह मन्त्रालयले डिआईजीद्वय कमल गिरी र अभिकुमार खत्रीसहित दश एसएसपीको सरुवा गरेको हो । 
 

प्रशासन विशेष व्युरोललाई प्राप्त विवरण अनुसार डिआईजी गिरीलाई प्रधान कार्यालयको कार्य विभागबाट प्रशिक्षण प्रतिष्ठानमा काज सरुवा गरेको छ भने प्रशिक्षण प्रतिष्ठानमा कार्यरत डिआईजी अभिकुमार खत्रीलाई विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देही पठाइएको छ।
 

सशस्त्रका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बिनोदराज श्रेष्ठलाई पशुपतिनाथ बाहिनी मुख्यालयबाट राजस्व, भन्सार तथा औद्योगिक तालिम शिक्षालय कैलालीमा सरुवा गरिएको छ।
 

त्यस्तै एसएसपीहरू प्रवीण कँडेललाई प्रधान कार्यालय मानव स्रोत विभागबाट जवान तालिम शिक्षालय बाँके, दिगविजय सुवेदीलाई प्रधान कार्यालय कार्य विभागबाट दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरी, विश्वकुमार भट्टराईलाई बराह बाहिनी मुख्यालय सुनसरीबाट सीमा सुरक्षा तालिम शिक्षालय नवलपरासी र भूपेन्द्र केसीलाई जवान तालिम शिक्षालय बाँकेबाट प्रधान कार्यालय मानव स्रोत विभागमा सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ।
 

त्यस्तै एसएसपीहरू कमलप्रसाद तिउसिनालाई प्रशिक्षण प्रतिष्ठानबाट पाथीभरा जवान तालिम शिक्षालय झापा, नीरकृष्ण अधिकारीलाई विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देहीबाट बडीमालिका जवान तालिम शिक्षालय कैलाली, किरण बस्नेतलाई सीमा सुरक्षा तालिम शिक्षालय नवलपरासीबाट प्रधान कार्यालय कार्य विभाग, उद्धवबहादुर न्यौपानेलाई प्रधान कार्यालय भण्डार महाशाखाबाट पर्वतीय उद्धार तालिम शिक्षालय मनाङ र किरण ढुङ्गानालाई बैधनाथ बाहिनी मुख्यालय कैलालीबाट प्रधान कार्यालय सीमा सुरक्षा विभागमा सरुवा गरिएको जनाइएको छ ।

APF-Nepal-Logo1692677042.jpg

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १९:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update