Public Pana
प्रधानन्यायाधीश श्रेष्ठको शपथ मंगलबार पौने २ बजे

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको शपथ भोली मङ्गलवार हुने भएको छ ।

राष्ट्रपतिको सचिवालयका अनुसार मङ्गलवार दिउँसो पौने २ बजे श्रेष्ठको शपथ हुने भएको हो ।

संसदीय सुनुवाइ समितिले प्रधान न्यायाधीश पदमा सिफारिस भएका श्रेष्ठको नाम सर्वसम्मतिले अनुमोदन गरेसँगै उनको शपथ हुने भएको हो ।

सिंहदरवारस्थित संघीय संसद सचिवालयमा भएको सुनुवाइपछि श्रेष्ठको नाम सर्वसम्मतिले अनुमोदन गरेको थियो ।
 

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १९:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update