Public Pana
राप्रपा अध्यक्ष लिङ्देन भोली युएई र साउदी अरब जाने 

प्रवासी नेपाल एकता समाज युएई र साउदी अरबको अधिवेशन उद्घाटनलगायतका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन भोली मङ्गलवार त्यसतर्फ जाने भएका छन् ।

आज सोमबार बसेको बैठकमा विदेश जाने कार्यक्रमबारे पनि बैठकलाई जानकारी दिइएको थियो ।

बैठकले ललिता निवास जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण र सुन प्रकरणजस्ता भ्रष्टाचारका विषयलाई जनस्तरसम्मै लैजाने र भ्रष्टाचारविरुद्ध तल्लो कमिटीलाई परिचालन गर्ने निर्णय गरेको छ ।

बैठकले भोली मंगलबारदेखि कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष बुद्धिमान तामाङलाई दिने निर्णयसमेत गरेको छ ।
 

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १९:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update