Public Pana

स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतले क्षयरोग उन्मुलनमा नेपालले प्रतिवद्वता जनाएको बताएका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले भारतको गुजरातमा आयोजना गरेको परम्परागत चिकित्सा सम्बन्धी सम्मेलन, क्षयरोग सम्बन्धी सम्मेलन र वान हेल्थ वान अर्थ सम्बन्धी प्रदर्शनीमा भाग लिएर आज सोमबार स्वदेश फर्किएका उनले त्रिभुवन बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै नेपालको प्रतिनिधित्व गर्दै क्षयरोग उन्मुलनमा नेपालको प्रतिवद्वता जनाएको जानकारी दिए ।

स्वास्थ्य मन्त्री बस्नेतले परम्परागत औषधिको विकास र विस्तारमा राज्यले लगानी बढाउने समेत बताए ।
उनले विभिन्न देशका स्वास्थ्य मन्त्रीहरु र स्वास्थ्यका अधिकारीसँग दुई पक्षिय कुराकानी र अनुभव आदानप्रदान गरेका थिए ।

सो क्रममा भारतीय समकक्षीसंग भएको छलफलमा जिपी कोइराला श्वासप्रश्वास केन्द्रमा संरचना र सेवा विस्तारमा सहयोग गर्न प्रस्ताव गरिएको मन्त्री बस्नेतले बताए । 

त्यस्तै विरगंजको नारायणी अस्प्तालभित्र मृगौला प्रत्यारोपण केन्द्रको स्थापनाबारेमा प्रस्ताव गरिएको उनले बताए ।

भारतमा रहदा मन्त्री बस्नेतले परम्परागत चिकित्सा सम्बन्धी डब्लूएचओ सम्मेलनको प्लेनरी सेसनलाई सम्बोधन गरेका थिए भने भारतको गुजरातका रहेका विभिन्न स्वास्थ्य संस्थाहरुको अवलोकन भ्रमण पनि गरेका थिए । 

स्वास्थ्य सम्बन्धी महत्वपूर्ण ३ वटा कार्यक्रममा भाग लिन मन्त्री बस्नेत साउन ३० गते भारतको गुजरात प्रस्थान गरेका थिए ।

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १८:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update