Public Pana
शरणार्थी प्रकरणको अनुसन्धानमा खटिएका दुई एसएसपीलाई अर्को जिम्मा 

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा खटिएका उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रमुखको जिम्मेवारी खोसिएको छ ।

गृह मन्त्रालयले उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख डा. मनोज केसी र काठमाडौँ प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको हो ।

केसीको ठाउँमा राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा रहेका एसएसपी सोमेन्द्रसिंह राठौरलाई पठाइएको छ भने काठमाडौँ प्रहरी परिसर, टेकुमा एसएसपी भूपेन्द्र खत्रीलाई पठाइएको छ ।
 

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update