Public Pana

नेकपा एकीकृत समाजवादीले भोली मंगलबारबाट सुरु हुने पार्टीको केन्द्रीय समिति बैठकको तयारी पुरा गरेको छ । 

पार्टी कार्यालय आलोकनगरमा दुईदिनसम्म बसेको पार्टीको पोलिटब्यूरो समिति बैठकले केन्द्रीय समितिको तयारी पुरा गरेको उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।

वर्तमान राजनीतिक परिस्थीति र पार्टीका आगामी कार्यभारको एजेण्डासहित मंगलबार केन्द्रीय समिति सुरु हुने उनले बताए । 

बैठकको समापन गर्दै अध्यक्ष माधव कुमार नेपालले आफुहरुले गरेको विद्रोह औचित्यपूर्ण रहेको उल्लेख गरे ।

आफूहरुले विद्रोह गरेर संविधान, संघीयता र संसदको रक्षा गरेको भन्दै अध्यक्ष नेपालले अहिले पनि अग्रगमनलाई जोगाउन आफुहरुको भूमिका महत्वपूर्ण देखिएको बताउनुभएको खतिवडाले जानकारी दिए ।

खतिवडाले अहिले पार्टी नेतृत्वको बारेमा कुनै छलफल नभएको जिकिर गरे ।

 

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १८:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update