Public Pana

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएका छन् ।

आज सोमबार बसेको प्रदेशसभा बैठकमा भएको मतबिभाजनका क्रममा थापाको पक्षमा ४७ मत परेको थियो भने विपक्षमा ३० मत परेको थियो । ९३ सांसद रहेको प्रदेशसभामा ७७ जना मात्रै मतबिभाजनमा सहभागी भएका थिए ।

विश्वासको मतका क्रममा प्रदेशसभाको अध्यक्षता गरिरहेका इस्राइल मन्सुरीले समेत मुख्यमन्त्रीलाई विश्वासको मत दिएपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेले नाराबाजी गरेको थियो ।

मतदानको समय सकिएपछि मत सच्चाउन समयकाबीच केहिबेर अर्का सांसदलाई सभाध्यक्षको जिम्मेवारी दिएर उहाले मत दिएका थिए ।
 

मन्सुरीले मत दिएर पुनः सभामुखको आसनमा गएपछि एमाले सांसदहरुले नाराबाजी गर्दै विरोध गरेका थिए । 

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १८:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update