Public Pana
प्रस्तावित प्रधान न्यायाधीश श्रेष्ठद्वारा न्यायपालिका सुधारको अवधारणा पेश- हेरौ अवधारणा

प्रस्तावित प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिका सुधारको अवधारणा पेश गरेका छन् ।

संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित प्रधान न्यायाधीश श्रेष्ठले आफ्नो योजना लिखित रूपमा पेश गरेका हुन् ।
 

उनले पेश गरेको योजनामा भनिएको छ, ‘नेपालको संविधानले न्यायपालिका सम्बन्धमा गरेको व्यवस्था, यसलाई प्रदान गरेको जिम्मेवारी र अपेक्षित भूमिकाको आलोकमा न्यायपालिकाको सुधारसम्बन्धी मेरो भावी कार्यदिशा र कार्ययोजना तय हुनुपर्दछ भन्ने मेरो मान्यता रहेको छ ।’
 

न्यायपालिकाको समग्र सुधारसम्बन्धी नीतिगत दस्ताबेज र व्यवस्थापकीय औजारको रूपमा न्यायपालिकाको मूल रणनीतिक योजना रहने उनले उल्लेख गरेका छन् ।

न्यायपालिकाको सुधारका सम्बन्धमा भएका उच्चस्तरीय अध्ययन र न्यायपालिकाको रणनीतिक तर्जुमा, कार्यान्वयन तथा मूल्याङ्कन प्रक्रियामा रहेको अनुभवसमेतका आधारमा काम गर्ने उल्लेख गरेका छन् ।
 

न्यायपालिकाप्रतिको आस्था र विश्वास प्रयोग गर्दै न्यायिक सुशासनको आफ्नो जोड रहेको उल्लेख गर्दै आवश्यक नीतिगत सुधारको प्रयास गर्ने बताएका छन् ।
 

न्यायपालिकामा देखिएका समस्या, चुनौती र प्रमुख सवालहरूलाई सम्बोधन गर्ने रणनीतिक दस्ताबेजको रूपमा तयार आफूले बैठकमा लिखितरूपमा पेश गरेको उनको भनाइ छ ।

1-1--o1692607455.png

2-11692607367.png

3-11692607336.png

4-11692607313.png

51692607286.png

61692607261.png

71692607238.png

81692607199.png

101692607169.png

111692607143.png

121692607118.png

131692607096.png

141692607072.png

18-11692607014.png

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १४:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update