Public Pana
संघीयतामाथि प्रतिगामी कोणबाट गरिएका आक्रमण निरूत्साहित गर्नुस् :  प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेश सरकारले नागरिकको वास्तविक सेवकको रूपमा काम गर्नुपर्ने बताएका छन् ।

कर्णाली प्रदेश सरकार स्थापनाको अवसर पारेर आज सुर्खेतमा कर्णाली प्रदेश सरकारले आयोजना गरेको एक विशेष कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गदै प्रधानमन्त्रीले नागरिकको वास्तविक सेवक बनेर संघीयतामाथि प्रतिगामी कोणबाट गरिएका आक्रमण निरूत्साहित गर्ने काममा प्रदेश सरकार लाग्नुपर्ने बताएका हुन् ।
 

‘लोकतन्त्रबाट सिर्जित अवसर तथा लाभहरूलाई तल्लो वर्गसम्म पु-याउन तथा जनआकांक्षाको चित्तबुझ्दो सम्बोधन र संघीय भावनात्मक सम्वन्धका मान्यताहरू स्थापित गर्न संघ, प्रदेश र स्थानीय तह थप जिम्मेवार हुन आवश्यक छ’ प्रधानमन्त्रीले भने,–‘प्रदेश सरकारहरू पनि नागरिकको वास्तविक सेवकको रूपमा प्रस्तुत भई संघीयतामाथि प्रतिगामी कोणबाट गरिएका आक्रमण निरूत्साहित गर्नेछन् भन्नेमा म विश्वस्त छु।’
 

नेपालमा एकात्मक राज्य व्यवस्थाले सिर्जना गरेका विभेद, असमानताका जराहरू अन्त्य गर्दै सामाजिक न्यायमा आधारित समाज स्थापना गर्न र नागरिकले आफ्नो हक अधिकारको पूर्ण उपयोग गर्नेगरी पहिचान र सामथ्र्यमा आधारित संघीय प्रणालीसहितको संघीय लोकतान्त्रिक समावेशी गणतन्त्रको स्थापना भएको प्रधानमन्त्रीको भनाई थियो ।

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १२:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update