Public Pana
प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको संसदीय सुनुवाइ सुरु

प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ सुरु भएको छ । सिंहदरवारस्थित संसद भवनको संसदीय सुनुवाइ विशेष समितिको बैठकमा अहिले श्रेष्ठले

आफ्नो प्रस्तुति दिइरहेका छन् । त्यसपछि प्रश्नउत्तर हुनेछ ।
 

समितिले यसअघि सोमबार विहानै उजुरीकर्तासँग समेत छलफल गरेको थियो ।
संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

 

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उमेर हदका कारण गत साउन २० गते अवकाश पाएपछि नयाँ प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढेको थियो ।
 

गत साउन १८ गते बसेको संवैधानिक परिषद बैठकले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो ।

२३ साउनमा बसेको सुनुवाइ समितिको बैठकले श्रेष्ठविरुद्ध १० दिनको म्याद दिएर उजुरी आह्वान गरेको थियो ।
 

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १२:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update