Public Pana
पूर्वप्रधानमन्त्रीद्धय  बाबुराम र माधवको घरमै पुगेर बयान लियो सीआईबीले

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पूर्वप्रधानमन्त्रीद्धय बाबुराम भट्टराइ र माधव कुमार नेपालको बयान नलिई प्रतिवेदन तयार पार्ने आरोप लागिरहेका बेला दुबै जनाको बयान लिएको छ ।

यसअघि गत साउन २९ गते बसेको सत्ता गठबन्धनको बैठकले दुवै पूर्वप्रधानमन्त्रीहरुसँग बयान नलिने गरी यो मुद्दा अघि बढाउने सहमति गरेको थियो ।

जसका कारण सीआईबी माथि नै प्रश्न ओइरिएका थिए । चौतर्फी दबाबपछि सीआईबीले दुवै पूर्वप्रधानमन्त्रीसँग बयान लिएको हो ।

सत्ता गठबन्धन दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग उनको कोटेश्वरस्थित निवासमै पुगेर सीआईबीको टोलीले बयान लिएको हो ।

हिजो आइतबार राति तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग पनि उनको टोखास्थित घरमै पुगेर बयान लिएको थियो ।

सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीले दुवैजना पूर्वप्रधानमन्त्रीहरुसँग ललिता निवास प्रकरणमा उनीहरुको निवासमा पुगेर बयान लिएको जानकारी दिए ।

सीआईबीले ललिता निवासको फाइल जिल्ला सरकारी वकिलकहाँ पठाउने तयारी गरेको छ । 

babu1692600971.jpg

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १२:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update