Public Pana

नेकपा (एकीकृत समाजवादी) को पोलिटब्यूरो बैठक आज आइतबारदेखि काठमाडौंमा सुरु भएको छ ।
 

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको बैठकमा पार्टीको आसन्न केन्द्रीय कमिटी बैठकको लागि कार्यसूची तय गर्नेलगायत विभिन्न विषयमा छलफल भएको थियो ।
 

बैठकको पहिलो दिन २६ जना पोलिटब्यूरो सदस्यहरुले धारणा राखेको उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।
 

बैठकको सुरुमै पार्टी अध्यक्ष माधव कुमार नेपालले सम्बोधन गर्दै गम्भीर चूनौतिको सामना गर्न तयार भएर नयाँ पार्टी बनाएको र कम्युनिष्ट धारको उत्तम बिकल्प भएको बताए ।
 

भ्रष्टचार नियन्त्रणका लािग सरकारको कामलाई निरन्तरता दिएर सत्यतथ्य छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्नेमा अध्यक्ष नेपालको जोड रहेको उपमहासचिव खतिवडाले भने । त्यस्तै अध्यक्ष नेपालले निर्दोष कोही नफस्ने र दोषी कोहि पनि नछुटोस भन्ने भावनाले काम गर्न आह्वान गर्नुभएको खतिवडाले बताए ।
 

पोलिटब्यूरो बैठक भोली सोमबार समापन हुनेछ ।
 

भाद्र ५ गतेदेखि ७ गतेसम्म बस्ने पार्टीको केन्द्रीय कमिटी बस्ने समाजवादीले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  २०:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update