Public Pana
राष्ट्रपति पौडेलले पर्सिका लागि बोलाए सर्वदलीय बैठक

एक क्विन्टल सुन तस्करीबारे सत्तापक्ष र प्रतिपक्ष आ–आफ्नै अडानमा देखिएपछि बन्धक बनेको संसदको अवरोध हटाउन राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक बोलाएका छन् ।
 

संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलका शीर्ष नेताहरूलाई राष्ट्रपति पौडेलले पर्सि मंगलबार बिहान साढे ८ बजे बैठकका लागि शितल निवासमा बोलाएको प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
 

यसअघि राष्ट्रपति पौडेलले संसद्को गतिरोध अन्त्य गर्ने विषयमा सभामुख देवराज घिमिरे, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल गरेका थिए ।
 

आज आइतबार साँझ राष्ट्रपति पौडेलले संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग छलफल गरेका छन् ।
 

छलफलका क्रममा समसामयिक राजनीतिक घटनाक्रम र संसदको गतिरोधबारे छलफल भएको प्रेस सल्लाहकार पोखरेलले जानकारी दिए ।
 

६० किलो सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति माग गर्दै गत साउन १० गतेदेखि लगातार संसद अवरोध गरिरहेको छ ।
 

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १९:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update