Public Pana
स्पेनले जित्यो महिला विश्वकपको उपाधि

नवौं संस्करणको फिफा महिला विश्वकपको विजेता स्पेन बनेको छ ।

अस्ट्रेलियाको सिड्नीस्थित ‘स्टेडियम अस्ट्रेलिया’मा आइतबार इंग्ल्यान्डलाई १-० गोलले पराजित गर्दै स्पेनले उपाधि जितेको हो ।

पहिले पटक विश्वकफको फाइनलमा पुगेको स्पेनले विश्वकपको उपाधि जितेको हो ।

उपविजेता इंग्ल्यान्डको यो महिला फुटबलमा अहिलेसम्मै ठूलो सफलता हो । यसअघि उसले फाइलसम्मको यात्रा तय गर्न सकेको थिएन ।

८३ हजार दर्शकमाझ भएको खेलमा २९ औं मिनेटमा वल्गा कार्मोनाले गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाएकी थिइन् । उनको यो गोलले नै स्पेनलाई विश्वकप जितायो ।

यससँगै अहिलेसम्म अमेरिकाले चार, जर्मनीले दुई र जापान तथा नर्वे र स्पेनले एक-एक पटक विश्वकप उपाधि हात परेका छन् ।

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १८:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update