Public Pana

नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रतिनिधिसभाको आगामी बैठक सहज रुपमा सञ्चालन हुने दावी गरेका छन् ।
 

आज आइतबार संसद बैठक स्थगित भएपछि संचारकर्मीसंग कुरा गर्दै सापकोटाले सदनको अवरोध हटाउन दलहरुबीच निरन्तर छलफल भएकाले मध्यमार्गी बिकल्प तय गरेर आगामी बैठक सहज रुपमा सञ्चालन हुने बताए ।
 

उनले एमालेले सधै अडान लिएर मात्रै नहुने भन्दै सोमबार बस्ने दलहरुको बैठकमा केहि न केहि सहमति हुने उल्लेख गरे ।
 

सुन प्रकरणमा उच्चस्तरीय छानविन समिति नवन्ने र सिआइबीले मुद्धाको अभियोजन नगर्दासम्म अरु समिति पनि नबन्ने जिकिर गरे ।
 

उनले सांसद सापकोटाले लगातार सदन अवरुद्ध हुँदा त्यसले पारेको असर प्रति प्रतिपक्षी गम्भीर बन्नुपर्नेमा जोड दिए ।
 

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update