Public Pana
अन्तरिक्षयान दुर्घटनाग्रस्त

रुसले चन्द्रमामा पठाएको एउटा अन्तरिक्षयान दुर्घटनाग्रस्त भएको छ । 

चन्द्रमामा नियन्त्रित अवतरण गर्ने उद्देश्यसहित पठाएको  लुना–२५ अन्तरिक्षयान दुर्घटनाग्रस्त भएको बीबीसीले जनाएको छ ।

उक्त अन्तरिक्षयानलाई चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गराउने उद्देश्य मस्कोले राखेको थियो ।
लूना–२५ अन्तरिक्षयान झण्डै ५० वर्षमा रुसको पहिलो चन्द्र अभियान थियो ।

यसअघि रुसले सन् १९७६ मा आफ्नो पहिलो चन्द्रयान प्रक्षेपण गरेको थियो । 
 

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update