Public Pana
कोशी प्रदेशसभा बैठक भोली १ बजे

कोशी प्रदेशको बैठक भोली १ बजे बस्ने भएको छ ।
 

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको प्रस्तावअनुसार भएको भए आज आइतबार प्रदेशसभामा उनको विश्वासको मत परीक्षण हुन्थ्यो ।
 

१६ साउनमा नियुक्त भएका मुख्यमन्त्री थापाले विश्वासको मत लिन आइतबार दिउँसो १ बजेको समय मागेका थिए । उपसभामुख सृजना दनुवारले सोमबार दिउँसो १ बजेको समय तोकिदिइन् ।

प्रदेशसभा बैठकअघि भोलि विहान ८ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक राखिएको छ ।
 

उपसभामुखसँग सत्ता गठबन्धन सशंकित छ ।
koshi1692530457.jpg

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १६:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update