Public Pana
साल्ट ट्रेडिङ कर्पोरेसनको नाफा ५८ प्रतिशतले बढ्यो

साल्ट ट्रेडिङ कर्पोरेसनको नाफामा वृद्धि भएको छ ।
 

कम्पनीले गत आर्थिक वर्षमा खुद नाफा ५८ दशमल ०५ प्रतिशतले वृद्धि गरेको छ ।
 

खुद नाफा ७ करोड ८८ लाख ३ हजार रुपैयाँ आर्जन भएको वित्तीय विवरणमा उल्लेख छ ।
 

अघिल्लो आर्थिक वर्ष कम्पनी ४ करोड ९८ लाख ५९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

ब्याजखर्चमा भएको उच्च वृद्धिका वावजुत कम्पनीले खुद नाफामा आकर्षक सुधार गरेको बिक्री विवरणले देखाएको छ ।
 

नाफा बढेसँगै कम्पनीको प्रति सेयर आम्दानी ८ रुपैयाँ ५९ पैसा बढेर २८ रुपैयाँ २६ पैसा पुगेको छ । असारसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ ४१९ रुपैयाँ ६० पैसा र मूल्य आम्दानी अनुपात १७३ दशमलव ३८ गुणा छ ।
 

कम्पनीको बिक्री आय ७ अर्ब १७ करोडबाट २२ दशमलव ४९ प्रतिशत बढेर ८ अर्ब ७८ करोड २९ लाख पुगेसँगै कुल आम्दानीमा पनि सुधार भएको हो। कम्पनीको चुक्ता पुँजी बढेर २७ करोड ८८ लाख ८४ हजार रुपैयाँ पुगेको छ ।
 

कम्पनीको जगेडा कोषमा १ अर्ब ३६ करोड ५६ लाख ५७ हजार रुपैयाँ सञ्चित छ ।
 

कम्पनीको वित्तीय विवरण अनुसार अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा कम्पनीको कुल आय समग्रमा १० दशमलव ४७ प्रतिशतले बढेको छ।

गत आवमा कम्पनीको कुल आय ९५ करोड ५८ लाख ७७ हजार पुगेको छ ।

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १६:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update