Public Pana
साउदीको तेल र नेपालको पानी साटफेर गर्न साउदी राजदूतसँग पर्यटन मन्त्रीको प्रस्ताव 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले साउदी अरेवियाका राजदूत साद अबु हाइमेद समक्ष तेल र पानी साटफेर गर्ने प्रस्ताव गरेका छन् ।
 

आज आइतबार भएको भेटबारे जानकारी दिँदै पर्यटन मन्त्री किरातीले लेखेका छन्, ‘साउदीको तेल र नेपालको पानी साटेर सम्बन्धलाई अझ प्रगाढ बनाउँ ।’
 

भेटमा आफूले उठाएका सवालबारे उनी भन्छन्, ‘पैसाको धनी साउदीले प्रकृतिको धनी नेपालमा पानी र पर्यटनमा लगानी गर्नुहोस् ।’
 

तातो साउदीबाट चिसो सगरमाथाको देश नेपाल घुम्न पर्यटक पठाउन समेत पर्यटन मन्त्रीले राजदूत हाइमेदसँग आग्रह गरेका छन् ।
 

उनले पोखरा र भैरहवा विमानस्थलमा साउदीबाट सिधा उडानको पहल गर्न समेत आग्रह गरेका छन् ।
sudan----1692529107.jpg

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १६:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update