Public Pana

प्रतिनिधि  सभा बैठक फेरि स्थगित भएको छ । 

आज आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी मंगलबारसम्मका लागि स्थगित भएको हो । 
 

अर्को बैठक मंगलबार दिउँसो ३ बजेका लागि बोलाइएको संसद सचिवालय स्रोतले जानकारी दिएको छ । 

संसदको अवरोध हटाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार सर्वदलीय बैठक गरेका थिए ।
प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको आजको बैठकमा कुनै निष्कर्ष ननिस्किएपछि भोलि फेरि बस्ने गरी सकिएको छ ।

विमानस्थलबाहिर बरामद भएको ६० किलो बढी सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति माग गर्दै प्रमुख प्रतिपक्षी एमालेले साउन १० यता निरन्तर संसद अवरोध गरिरहेको छ । 

बैठकमा प्रधानमन्त्री प्रचण्डले सुन प्रकरणसहित अरू थुप्रै भ्रष्टाचारका मुद्दाको जरैदेखि अनुसन्धान गर्ने गरी छानबिन समिति गठन गर्न सकिने बताएका थिए ।  

आजको बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणको छानबिन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गरिरहेकाले अझै १५ दिनसम्म कुर्नुपर्ने बताएका थिए । 

एमालेका नेताहरुले अध्यक्ष केपी शर्माा ओली अस्वस्थ भएकाले भोलि फेरि कुरा गर्ने सर्तमा आजको बैठक सकिएको हो ।

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १५:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update