Public Pana
गरी खान देऊ भन्दै काठमाडौंका मेयरको कार्यालयअघि प्रदर्शन 

काठमाडौं महानगरपालिकाले सडक व्यापारी, ठेला, गाडामा सामान बेच्नेहरूलाई अमानवीय व्यवहार गरेर दमन गरेको भन्दै प्रदर्शन भएको छ । 
 

महानगरका मेयर बालेन शाहको कार्यालय रहेको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहअघि आइतबार प्रदर्शन भएको हो ।
 

प्रदर्शनमा सहभागीहरूले ‘गरी खान देऊ, गरिब होइन गरिबी हटाऊ, ललितपुरमा व्यवस्थापन गर्न सकिन्छ भने काठमाडौंमा किन सकिन्न’ लगायत नारा लेखेका प्लेकार्ड बोकेका थिए । 
 

काठमाडौं महानगरपालिकाले पछिल्लो समय सडक व्यापारीलाई महानगर प्रहरी लगाएर हटाउने गरेको छ ।   
gari khana deu1692519432.jpg

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १३:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update