Public Pana

सदन अवरोध खुलाउने विषयमा छलफल गर्न सभामुख देवराज घिमिरेले बोलाएको सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतकहरुको छलफल निष्कर्ष बिहीन भएको छ । 
 

सिंहदरबारमा बसेको बैठकमा सचेतहरुले आ–आफ्ना दलका अडान राखेपछि बैठक

बैठकपछि कांग्रेस सचेतक सुशीला थिङले अवरुद्ध सदन चलाउनका लागि निकास निकाल्नका लागि छलफल भएपनि दलहरुले आफ्नो अडान कायमै राखेको बताइन् ।
 

त्यस्तै सदनमा कांग्रेस सांसद सुनिल शर्माको अभिव्यक्तिलाई रेकर्डबाट हटाउने वा नहटाउने भन्ने बिषयमा पनि मतभेद कायमै रहेको उनले बताए । 
 

बैठकमा सभामुख घिमिरेले समितिको नेतृत्व चयन प्रक्रिया बाँकी रहेकाले सदनको अवरोध हटाउनका लागि निरन्तर पहल गर्ने बताउनुभएको सचेतक थिङले जानकारी दिए । 
 

बैठकमा सत्तापक्षबाट नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तथा विपक्षी दलबाट नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधि सहभागी थिए । 

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १३:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update