Public Pana
समाजवादी मोर्चाको बैठक

चार दल सम्मिलित समाजवादी मोर्चाको बैठक आज आइतबार साँझ बस्ने भएको छ । साँझ ६ बजेका लागि बैठक बस्ने तय भएको नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिए ।
 

आजको बैठकमा सरकारका गतिविधि, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल हुने जनाइएको छ । बैठक नेकपा (एकीकृत समाजवादी)पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने तय भएको छ ।
 

प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी सीता दाहालको निधनपछि मोर्चाको बैठक सरेको थियो । मोर्चा गठन भएको करिब तीन महिनापछि बस्न लागेको यो दोस्रो बैठक हो ।
 

मोर्चामा नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रहेका छन् ।
 

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १२:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update