Public Pana
राष्ट्रपति पौडेलको स्वास्थ्य परीक्षण 

राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य परीक्षण गराएका फर्केका छन् ।
 

राष्ट्रपति पौडेलले महराजगञ्जस्तिथ त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथेराकि भास्कुलर ट्रास्सप्लान्ट सेन्टरमा नियमित परीक्षण गराएका हुन् ।
 

आज आइतबार बिहान मुटुको परीक्षणका लागि राष्ट्रपति पौडेल अस्पताल गई फर्किसकेको पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
 

मुटुको उपचारका लागि झण्डै दुई साता अस्पताल भर्ना भई राष्ट्रपति पौडेल १३ असारमा डिस्चार्ज भएका थिए ।
 

भारत उपचार गराएर फर्केका पौडेललाई स्वास्थ्यमा समस्या देखिएपछि  मनमोहन कार्डियोथेराकि भास्कुलर ट्रास्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए ।
 

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १२:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update