Public Pana

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरले राष्ट्रकवि माधव घिमिरे गीत पुरस्कारबाट वरिष्ट गायक प्रेमध्वज प्रधान (मरणोप्रान्त)  र वरिष्ठ गीतकार यादव खरेल पुरस्कृत गरेको छ ।
 

अनेसासको राष्ट्रिय महाधिवेशनका अवसरमा शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा जनही २१ हजारसहित उक्त पुरस्कार प्रदान गरिएको हो । 
 

कार्यक्रममा अनेसास विशिष्ट सम्मानबाट वरिष्ठ कलाकार मदनदास श्रेष्ठ सम्मानित गरिएको छ । अनेसास भानु विशेष सम्मानबाट भानु प्रतिष्ठान, आनेसास भानु सम्मानबाट डा देवी नेपाल, बलराम दाहाललगायत सम्मानित भएका छन् ।
 

त्यस्तै अनेसास डायस्पोरा सम्मानबाट प्रगति राई सम्मानित भएका हुन् । 
 

कार्यक्रममा राष्ट्रकवि माधव घिमिरे गीत पुरस्कारबाट सम्मानित वरिष्ठ गीतकार खरेलले संसारभर छरिएर रहेका नेपालीलाई जोड्ने माध्यम नेपाली भाषा रहेको बताए । 
कार्यक्रममा लेखक ध्रुव खनालको नयनको बस्ती कथा संग्रह पुस्तक लोकार्पण भएको थियो ।

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  ११:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update