Public Pana

नेकपा (एकीकृत समाजवादी)को पोलिटब्युरो बैठक आज आइतबारबाट सुरू हुँदै छ ।
बैठक पार्टी कार्यालयमा सुरू हुने हो ।

 

आज र भोलि अर्थात् आइतबार र  सोमबार पोलिटब्युरो बैठक बस्दै छ । पार्टी कार्यालयमा बस्ने बैठकमा अहिलेको समसामयिक परिस्थिति र हाम्रो कार्यभारबारे छलफल हुने छ । त्यस्तै राजनीतिक प्रतिवेदन, महाधिवेशनबारे छलफल हुने जनाइएको छ ।
 

बैठकमा पार्टीको राजनीतिक, वैचारिक कार्यदिशा, समाजवादी मोर्चाबारे पनि छलफल हुने बताइएको छ । त्यस्तै सांसद र सरकारमा पार्टीका तर्फबाट सहभागी भएकाहरूको कामको समीक्षा हुने नेताहरूले जानकारी दिएका छन् ।
 

एकीकृत समाजवादीमा पछिल्लो समय पार्टी राजनीतिक कार्यदिशामा मतभेद देखा परेको छ ।

असार २९ देखि साउन ५ गतेसम्म चलेको सचिवालय बैठकले पार्टीको राजनीतिक कार्यदिशाका रूपमा जनताको बहुदलीय जनवादको सान्दर्भिकता रहेको र यसलाई समाजवादी आन्दोलनको रूपमा विकास गर्नुपर्ने निष्कर्ष निकालेको थियो ।
 

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  ०८:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update