Public Pana
संसद् अवरोध संविधानसम्मत नभएको सुवास नेम्वाङको दाबी

नेकपा एमालेका नेता एंव संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले संसद् अवरोध संविधानसम्मत र नियमसङ्गत नभएको बताएका छन् । 
 

संघीय संसद्द्वारा आयोजित ‘संसद् र सञ्चार सम्बन्ध’ विषय अन्तक्र्रियामा उनले मुलुकको संसदीय अभ्यासमा देखिने गरेको संसद्अ वरोध नियमसँग नभएको उल्लेख गरे ।
 

नेकपा (एमाले) संसदीय दलका उपनेता नेम्वाङले भने, ‘संसद् अवरोध नियमसङ्गत छैन, नियमले अवरोध गर्न मिल्दैन, संविधानले पनि अनुमति दिएको छैन, राजनीतिकरुपमा गरिने हुनाले यसको पुनःपुष्टि गर्ने सम्बन्धित दलको जिम्मेवारी हो । ’
 

मुलुकमा पछिल्ला समय विमानस्थल बाहिर बरामद गरिएको सुन प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन गर्ने किन गर्ने भन्ने विषयमा सत्तापक्ष र प्रतिपक्षबीच मतैक्यता हुन नसकेपछि सङ्घीय संसद्का दुवै सदन अवरुद्ध हुँदै आएका छन् ।
 

कार्यक्रममा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले सदनमा पछिल्लो समय भइरहेको अवरोधप्रति आफ्नो सकारात्मक भाव नरहेको टिप्पणी गरे ।
 

उपसभामुख इन्दिरा रानाले पत्रकारिता संसद् र आमनेपाली जनताको ऐनाका रुपमा रहेको धारणा व्यक्त गरिन् । ‘मुलुकको सञ्चार जगत्ले राष्ट्र र जनताको हितका पक्षमा सधैँ चनाखो भएर कलम चलाउन आवश्यक छ,’ उनले भनिन् ।

प्रकाशित मिति: शनिबार, भदौ २, २०८०  १५:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update