Public Pana

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले स्वर्गीय प्रदीप गिरी नेपालको जनआन्दोलनका पक्षमा समर्थन जुटाउन सफल नेता भएको स्मरण गरेका छन् ।
 

प्रदीप गिरि स्मृति आयोजक समितिले प्रदीप गिरीको स्मृतिमा आज शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा निधिले भारतका नेतालाई नेपालको जनआन्दोलनका पक्षमा समर्थन जुटाउन सफल भूमिका खेलेको स्मरण गरेका हुन् ।
 

निधिले मुलुकमा जनताको अधिकार केन्द्रीकृत शासनबाट मात्रै नभई स्थानीय तहबाट पनि प्रत्याभूत गर्नुपर्छ भन्नेमा गिरिको स्पष्ट अडान गरेको जिकिर गरे । गिरी नेपाली राजनीतिमा मात्रै नभई भारतीय नेताहरुको राजनीतिक गुरुसमेत हुनुभएको नेता निधिले बताए ।
 

स्वर्गीय नेता गिरी विचारक, साहित्यकार, लोकतन्त्रवादी, समाजवादी, नेपालका कम्युनिष्ट पार्टीका प्रेरणा भएको उनले बताए ।
 

कार्यक्रममा स्वर्गीय प्रदीप गिरीको अस्तु भारतको बनारसस्थित काशीमा विसर्जन गरिने जानकारी गराइएको थियो ।
 

‘प्रदीप गिरी पावन स्मृति आयोजक समिति’ले स्व गिरीको अस्तु काठमाडौँको पशुपतिनाथबाट काशीसम्मको यात्रा गरी गङ्गा नदीमा विसर्जन गर्न लागेको हो । 
 

कांग्रेसका केन्द्रीय समिति सदस्य गुरु बरालको नेतृत्वमा ३५ जनाको टोली अस्तु विसर्जन यात्रामा सहभागी भएको छ ।
 

विसं २००४ असोज २४ गते जन्मनुभएका गिरीको ७५ वर्षको उमेरमा २०७९ भदौ ४ गते दुःखद् निधन भएको थियो । 

प्रकाशित मिति: शनिबार, भदौ २, २०८०  १५:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update