Public Pana
अचानक ढलेका सशस्त्र प्रहरीका एसपी सुमनको मृत्यु 

सशस्त्र प्रहरी बल (एपीएफ) पर्साका एक सशस्त्र प्रहरी उपरीक्षक (एसपी)को निधन भएको छ ।

१३ नम्बर गण पर्सामा कार्यरत एसपी सुमन थपलियाको शनिबार दिउँसो निधन भएको हो  
उनी अचानक ढलेपछि अस्पताल पु¥याइएको थियो।

उनलाई वीरगन्जस्थित बयोधा मेडिसिटी अस्पतालले आज दिउसो मृत घोषणा गरेको एपीएफ मुख्यालयले जनाएको छ । 
 

उनको हृदयघातका कारण निधन भएको हुनसक्ने अनुमान गरिएको छ । 
 

उनले २०६० सालमा इन्सपेक्टरबाट सेवा सुरु गरेका थिए । उनको स्थायी घर नुवाकोट हो ।  उनी सशस्त्र प्रहरीको तेस्रो ब्याचका प्रहरी निरीक्षक थिए ।
 

प्रकाशित मिति: शनिबार, भदौ २, २०८०  १५:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update