Public Pana
विभिन्न पार्टी परित्याग गरी माओवादीमा प्रवेश, अध्यक्ष प्रचण्डद्वारा स्वागत

महोत्तरी जिल्लाका विभिन्न पार्टीमा रहेका नेता तथा कार्यकर्ताहरु नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वागत गर्नुभएको थियो ।

यसरी प्रवेश गर्नेहरुमा डा. अरुण ठाकुर, उज्वल ठाकुर, अभिषेक राउत, वसन्त कुमार तिवारी, रामनाथ महत्तो र सन्दिप ठाकुर रहेका छन् ।

प्रकाशित मिति: शनिबार, भदौ २, २०८०  ११:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update