Public Pana
अत्यधिक वर्षाका कारण हिमाली क्षेत्र जोखिमपूर्ण 

पछिल्लो समय नेपाल, भारत र पाकिस्तानको हिमाली क्षेत्रमा आएको बाढी र पहिरोका कारण दर्जनौँ मानिसले ज्यान गुमाएका छन् भने आवासीय तथा अन्य भवनहरू पुरिएका छन् ।
 

विज्ञहरूका अनुसार भारी वर्षा र संरचनाहरूको कमजोर निर्माणकार्यले यस क्षेत्रमा थप विपत्ति निम्त्याइरहेको छ । यससँगै वर्षाको असामान्य वृद्धिले पनि त्यस्ता भूभागलाई थप जोखिमपूर्ण बनाइरहेको छ ।
 

हालै गरिएको एक अध्ययनले हिमालय लगायत विश्वका पर्वतहरूमा पहिले सबैभन्दा बढी हिउँ पर्ने उचाइमा अहिले अत्यधिक वर्षा भइरहेको देखाएको छ ।
 

बढ्दो तापमानले वर्षा गराउने मात्र नभई हिउँ र बरफ पनि पग्लने भएकाले यो परिवर्तनले पर्वतहरूलाई थप जोखिमपूर्ण बनाएको हो ।
 

वर्षाको पानीले माटोलाई पनि शिथिल बनाउँछ जसले गर्दा पहिरो जान्छ, चट्टान खस्छ, बाढी आउँछ । यसको परिणामस्वरूप पानी मिसिएको लेदो माटो र टुक्रिएका चट्टानहरू पर्वतबाट तल खस्छन् ।
 

अध्ययनको निष्कर्षले उच्च स्थानमा, विशेष गरी उत्तरी गोलार्धको हिउँ धेरै पर्ने क्षेत्रहरूमा तापमान बढ्नुका कारण वर्षाको वृद्धि भएको देखाउने प्रमाणका केही सङ्केतहरू उपलब्ध गराएको नेचर जर्नलमा प्रकाशित भएको बीबीसीले जनाएको छ ।
 

जसले गर्दा वर्षाका कारण अत्यधिक वर्षाका कारण हिमाली क्षेत्र जोखिमपूर्ण बन्दै गएको हो ।

water-1692422147.jpg
 

प्रकाशित मिति: शनिबार, भदौ २, २०८०  १०:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update