Public Pana
एआइजीहरूको सरुवा 

नेपाल प्रहरीका ५ अतिरिक्त महानिरीक्षक (एआइजी)हरूको सरुवा भएको छ ।

मन्त्रिपरिषद् बैठकले एआइजीहरूको सरुवा गरेको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयले चार जना एआइजी टेकप्रसाद राई, मीरा चौधरी, श्यामलाल ज्ञवाली दीपक थापा र सन्दीप भण्डारीलाई सरुवा गरेको हो ।

उपत्यका प्रहरीको प्रमुखमा थापा सरुवा भएका छन् । यसअघि त्यहाँ रहेका ज्ञवालीको कार्य विभागमा सरुवा भएको छ । त्यस्तै, प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सन्दीप भण्डारीको सरुवा भएको छ । दीपक थापा सरुवा भएपछि प्रशासन विभागमा मीरा चौधरी सरुवा भएकी छन् ।

मानव स्रोत विभागमा टेकबहादुर राईको सरुवा भएको स्रोतले जनाएको छ । यसैबीच काठमाडौं, ललितपुर र अपराध महाशाखाका एसएसपीहरूको सरुवाको तयारी पनि भइरहेको छ ।

काठमाडौंमा भूपेन्द्र खत्री, ललितपुरमा दिनेश आचार्य र अपराध महाशाखामा सोमेन्द्रसिंह राठौरलाई ल्याउने तयारी भइरहेको छ ।

देउवाको दबाबले चार महिनामै एआइजीहरूको सरुवा भएको हो । गत चैतमा प्रहरी नायब महानिरीक्षक (डिआइजी) बाट एआइजीमा बढुवा भएका एआइजीहरूलाई २०७९ चैत २४ गतेको मन्त्रिपरिषद् बैठकले पदस्थापन गरेको थियो ।

प्रहरी नियमावलीअनुसार कम्तीमा एक वर्षसम्म सरुवा गर्न मिल्दैन ।
 

प्रकाशित मिति: शनिबार, भदौ २, २०८०  १०:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update