Public Pana
पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तकको सूची सार्वजनिक

खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले पद्मश्री साहित्य पुरस्कार–२०७९ का लागि उत्कृष्ट पाँच पुस्तकको सूची सार्वजनिक गरेको छ ।
 

प्रतिष्ठानले दोस्रो चरणको संक्षिप्त सूचीअन्तर्गत उत्कृष्ट पाँच पुस्तक छनोट गरेको हो । पहिलो चरणमा छनोट भएका उत्कृष्ट विस्तारित सूचीमा परेका १५ पुस्तकबाट पाँच पुस्तक छनोट गरिएको प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जानकारी दिए ।
 

उत्कृष्ट पाँच पुस्तकहरूमा सुबिन भट्टराईको ‘इजोरिया’, विवेक ओझाको ‘ऐंठन’, डा. देवीप्रसाद सुवेदीको ‘मनु’, प्रदीप रोदनको ‘मफलर’ र डा. नवराज केसीको ‘शून्यको मूल्य’ छन् ।
 

पहिलो चरणमा प्रतिष्ठानमा प्राप्त १८० पुस्तकमध्येबाट निर्धारित मापदण्ड बमोजिम गत असार १५ गते १५ पुस्तकको नाम सार्वजनिक गरेको थियो ।
 

प्रतिष्ठानले २०६३ सालदेखि नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकहरुमध्ये निर्णायक मण्डलको छनोटअनुसार उत्कृष्ट एक पुस्तकलाई पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दै आएको छ ।
 

प्रकाशित मिति: शनिबार, भदौ २, २०८०  १०:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update