Public Pana
फेसबुकमा अलबिदा लेखेर वडाध्यक्ष गरे आत्महत्या

मुसिकोट नगरपालिका–१ पौदीअमराइका वडाध्यक्ष मोहन घिमिरे मृत अवस्थामा भेटिएका छन् ।

फेसबुक स्टाटस लेखेर अलबिदा उल्लेख गरेका घिमिरे आज बिहान रुखमा झुन्डिएको अवस्थामा फेला परेका हुन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘परिस्थितिको चपेटामा परे पछि बाच्नुको अर्थ हुँदो रहेनछ। प्रिय अनितास् साथ निभाउन सकेन । मलाई माफ गरे। घर परिवार, साथीभाइ सुभ चिन्तक सबैसँग माफी चाहन्छु, अलबिदा ।’

शुक्रबार अपराह्न घरबाट वडाको काममा निस्केका वडाअध्यक्ष घिमिरे रातभर घर नफर्केको पारिवारिक स्रोतले जनाएको छ ।

घिमिरे नेपाली कांग्रेस मुसिकोट नगरपालिका नगर कमिटीका अध्यक्ष समेत हुन् ।

प्रकाशित मिति: शनिबार, भदौ २, २०८०  १०:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update