Public Pana
प्रधानमन्त्री दाहालद्वारा शहिद यादवप्रति श्रद्धाञ्जली अर्पण

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शहिद रामवृक्ष यादवप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
 

पार्टी मुख्यालय पेरिसडाँडामा आज शनिबार आयोजित कार्यक्रममा अध्यक्ष दाहालले यादवको फोटोमा माल्यार्पण गर्नुका साथै श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
 

गीतकार एवं गायक यादव तत्कालीन नेकपा माओवादीका प्रभावशाली नेता थिए । उनलाई जनयुद्ध आरम्भताका नै तत्कालीन शाही सेना र प्रहरीले योजनाबद्ध ढङ्गले हत्या गरेको आरोप छ । 
 

धनुषाको गाविस बरमझिया–६ का मध्यम किसान परिवारका पिता रामलखन यादव र आमा सम्पत्तिदेवी यादवको कोखबाट वि.सं. २००३ सालमा पहिलो सन्ताकोे रूपमा यादवको जन्म भएको थियो ।
 

प्रकाशित मिति: शनिबार, भदौ २, २०८०  १०:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update