Public Pana
दाङबाट काठमाडौं आउँदै गरेको बस धादिङमा दुर्घटना : २६ घाइते, ३ जना गम्भिर

पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ हुग्दीखोला नजिकै शनिबार बिहान बस दुर्घटना हुँदा २६ जना यात्रु घाइते भएका छन् ।
 

दाङको तुलसीपुरबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २६७५ नम्बरको बस आज बिहान अनियन्त्रित भई सडकको दाहिने किनारातर्फ पल्टिँदा २६ जना यात्रु घाइते भएका हुन् । 
 

आज शनिबार बिहाने उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ । 
 

दुर्घटनामा घाइते भएका पाँच जनालाई थप उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए । 
 

अन्य घाइतेको मलेखुस्थित राजमार्ग अस्पताल र नजिकका स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
 

प्रहरी नायब उपरीक्षक जैसवारका अनुसार घाइते सल्यान सबेश्वरी–३ का २४ वर्षीय राजेन्द्र पुन, उनका छोरा ६ वर्षीय आशीष केसी र सल्यान जिल्ला बाघचौर नगरपालिका–१० का ५० वर्षीय मानबहादुर खड्काको अवस्था गम्भीर छ । 
 

दुर्घटनामा परेका यात्रुको प्रहरी र स्थानीयले उद्धार गरेका थिए । 

acc-11692417868.jpg
 

प्रकाशित मिति: शनिबार, भदौ २, २०८०  ०९:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update