Public Pana
एमालेका केन्द्रीय विभागमा जिम्मेवारी परिवर्तन 

नेकपा एमालेले केन्द्रीय विभागमा नेताहरुको जिम्मेवारी हेरफेर गरेको छ । सोमबार बसेको सचिवालय बैठकले नेताहरुको जिम्मेवारी फेरेको हो ।

आज शुक्रबार अध्यक्ष केपी शर्मा ओलीले पार्टी अन्तरपार्टी निर्देशन (अपानी) जारी गर्दै नेताहरुको जिम्मेवारी हेररफेर गर्नुका साथै विभागमा सदस्यहरुको मनोनयन गरिएको जनाएका छन् ।

चुनावको बेला बागी÷विद्रोही भई कारबाहीमा परेका तर आत्माआलोचना गरी सदस्यता नवीकरण गर्न चाहनेहरुको पार्टी सदस्यता नवीकरण गर्न अनुमति दिने निर्णय गरिएको छ। अन्तर्घात गर्ने र पार्टीविरोधी गतिविधिमा संलग्नहरुलाई सम्बन्धित कमिटीले कारबाहीको दायरामा ल्याउन पनि निर्देशन दिएका छन् ।

यस्तै, सामाजिक सञ्जालको दुरुपयोग रोक्न पार्टी र पार्टी नेतृत्वसँग जोडेर बनाइएका फेक एकाउन्ट बन्द गर्ने पहलका लागि केन्द्रीय प्रचार तथा प्रकाशन विभागलाई निर्देशन दिएको जनाइएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  १९:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update