Public Pana

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले देशको बिकासका लागि निजामती कर्मचारीले सशक्त भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा नेपाल निजामती कर्मचारी युनियनको राष्ट्रिय भेला तथा विधान अधिवेशन उद्घाटन गर्दै सभापति देउवाले निजामती कर्मचारी मुलुकको स्थायी सरकार भएकाले देशको बिकासका लागिसशक्त भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गरे ।

पूर्व प्रधानमन्त्री उनले जनताको सेवामा निजामती कर्मचारीले विना अवरोधका साथ काम गर्न पाउनुपर्ने धारणा राखे ।
लोकतन्त्रीक संविधान अनुसार दलहरु लोकतन्त्रीक हुदै गएको भन्दै देउवाले अहिलेको व्यवस्थालाई बलियो बनाउन सवै चनाखो हुनुपर्ने जिकिर गरे ।

त्यस्तै उपप्रधान एवं रक्षामन्त्री पूर्ण बहादुर खड्काले संघीय निजामती सेवा ऐनलाई छिटै सदनमा प्रस्तुत गर्ने बताउनुभयो । उहाले ऐनका माध्यमबाट कर्मचारीहरुको समस्या समाधान हुने विश्वास व्यक्त गरे ।

उनले संघीय निजामती सेवा बनाउदा ट्रेड युनियनको अधिकारमा गम्भीर ध्यान गएको समेत बताए ।

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  १८:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update