Public Pana

काठमाडौं प्रहरीले गत साउनको तुलनामा यस बर्षको साउनमा अपराधका घटना बढेको जनाएको छ । 
 

जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार पत्रकार सम्मेलन गर्दै गत बर्षको साउनमा १ हजार ४७ अपराधका घटना भएकोमा यस बर्ष साउनमा १ हजार २ सय ७५ अपराधका घटना भएको जनाएको छ ।
 

काठमाडौं परिसरमा सवै भन्दा बढि ५ सय ६० वटा बैंकिङ कसुरका मुद्धा दर्ता भएका छन् भने अभद्र व्यवहारका २ सय ७९ मुद्धा दर्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौका प्रवक्ता एसपी कुमोध ढुंगेलले जानकारी दिए ।
 

त्यस्तै साउन महिनामा अनलाईन ठगी सम्बन्धी ६५ निवेदन दर्ता भएकामा दुई वटा मिलापत्र भइ बाँकी ६३ निवेदनमा अनुसन्धान भइरहेको उनले बताए ।
 

एसपी कुमोधले साउन महिनामा नै बिभिन्न मुद्दामा २ सय ४० जनालाई पक्राउ गरिएको र कुल १८ करोड ८० लाख जरिवानाको फैसला भएको जानकारी दिए ।
 

यस अवधिमा परिसरमा २ हजार ६ सय ५१ जनाले सेवा लिन आएको, कालिमाटी एरियामा १८ वटा सिसिटिभि क्यामेरा जडान गरेको, प्रहरी वृत्त बालाजु, बौद्ध, लैनचौर, सिंहदरबार, कालिमाटीको हिरासत कक्षमा पुस्तकालयको व्यवस्था गरिएको काठमाडौं परिसरले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  १७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update