Public Pana
नेपालका ७ टिम पब्जी मोबाइल साउथ एशिया फलको फाइनलमा 

पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) साउथ एशिया फल २०२३ को फाइनल आज शुक्रबारदेखि सुरु हुनेछ ।

कुल ८० हजार अमेरिकी डलर पुरस्कार राशीको प्रतियोगिताको फाइनल १८ अगष्टदेखि २० अगष्टसम्म खेलिनेछ । तीन दिनसम्म चल्ने फाइनलमा प्रत्येक दिन ६ खेलसहित कुल १८ खेल आयोजना हुनेछ ।

उपाधीका लागि नेपालका सात टिम सहित १६ टिमले प्रतिस्पर्धा गर्दै छन् । बाँकी टिममा मंगोलियाका आठ र बंगलादेशका एक टिम छन् ।

गत २५ जुलाईदेखि १३ अगष्टसम्म आयोजना भएको लिग चरणमा शीर्ष १६ स्थानमा रहेका टिमबीच फाइलन खेल खेलिनेछ। लिग चरणमा २० टिमले प्रतिस्पर्धा गरेका थिए ।

लिग चरणमा नेपाल र मंगोलियका समान ९/९ टिम र बंगलादेशका २ टिमले सहभागिता जनाएका थिए ।
फाइनल पुग्नबाट नेपालका दुई, मंगोलिया र बंगलादेशको समान एक÷एक टिम बञ्चित भएका थिए ।

फाइनल पुग्नबाट बञ्चित ४ टिमले समान दुई हजार अमेरिकी डलर प्राप्त गरेका छन् ।

फाइनल जित्ने टिमले ९ हजार ५ सय अमेरिकी डलर प्राप्त गर्नेछ भने शीर्ष १२ स्थानमा रहने टिम साउथ एशिया च्याम्पियनशिपका लागि छनोट हुनेछ। साउथ एशिया च्याम्पियनशिपमा २० टिमले प्रतिस्पर्धा गर्ने छन् बाँकी ८ टिम पीएमपीएल पाकिस्तानबाट आउनेछन् ।

लिग चरणमा गरेको प्रदर्शनको आधारमा टिमहरुले फाइनल खेल अघि नै केही प्वाइन्टबाट सुरुवात गर्नेछन्। तीन हप्तासम्म चलेको लिग चरणको प्रत्येक हप्ताको प्वाइन्ट ट्याली र समग्र प्वाइन्टको आधारमा फाइलनका लागि बोनस प्वाइन्ट दिइएको छ ।


मंगोलियाको स्टलवार्ट ईस्पोर्ट्सले ७७ प्वाइन्ट सहित शीर्ष स्थान र नेपालको आई८ले सबैभन्दा कम २७ प्वाइन्टका साथ फाइनल खेल्नेछन् ।

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  १०:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update