Public Pana
मलेसियामा चार्टर्ड विमान सडकमा दुर्घटना, १० जनाको मृत्यु

मलेसियामा चार्टर्ड विमान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । 
 

क्वालालम्पुरस्थित लंकावी अन्तर्राष्ट्रिय विमानस्थलबाट सेलांगोरका लागि उडेको निजी जेट विमान सुल्तान अब्दुल अजिज शाह विमानस्थलनजिकको सडकमा दुर्घटना भएको हो ।
 

६ यात्रु र चालक दलका २ सदस्य रहेको विमान दुर्घटना भएपछि सडकमा गुडिरहेका कार र मोटरसाइकलसँग ठोक्किएको थियो ।
 

दुर्घटनामा विमानमा रहेका ८ जना र मोटरसाइकल र कारमा सवार दुई गरी १० जनाको मृत्यु भएको  सिएनएनले जनाएको छ ।
 

दुर्घटना हुनुपूर्व स्थानीय समयअनुसार दिउँसो २ः४७ बजे सुबङ एअर ट्राफिक कन्ट्रोल टावरसँग उक्त विमानको सम्पर्क भएको थियो ।
 

अवतरण गर्न भनेकोमा निर्धारित समयमा विमान अवतरण नभएको मलेसियाको नागरिक उड्डयन प्राधिकरणलाई उदृध गर्दै सिएनएनले उल्लेख गरेको छ ।
 

हिजोे विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो। प्राधिकरणले विमानका चालक दलबाट खतराको अवस्थाबारे कुनैपनि जानकारी नआएको बताएको छ ।
 

विमान दुर्घटनामा मृत्यु भएकाहरूको पहिचान र पोष्टमर्टमका लागि टेंकु अम्पुअन रहिमह हस्पिटल लगिएको छ ।
दुर्घटनाको अनुसन्धान मलेसियाको यातायात मन्त्रालयको नेतृत्वमा हुने बताइएको छ । यातायात मन्त्री एन्थोनी लोकले अनुसन्धान जारी रहेको सिएनएनलाई जानकारी दिएका छन् ।

 

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  १०:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update