Public Pana
कोशी प्रदेशसभा बैठक आज बस्दै

कोशी प्रदेशको प्रदेशसभा बैठक आज शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।
 

आजको बैठकको सुरूमा निवर्तमान सभामुख बाबुराम गौतमले दिएको राजीनामाबारे जानकारी गराउने र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को गठन तथा प्रदेश मन्त्रिपरिषद् बिस्तार सम्बन्धी पत्र वाचन हुने कार्यसूची छ ।

आजैबाट २०८०-८१ को बजेट अध्यादेश सम्बन्धी छलफल गर्ने तयारीसमेत छ ।
 

गत असार १५ गते स्थगित भएको बैठक आज बस्न लागेको हो ।

सभामुख बाबुराम गौतमले राजीनामा दिएकाले उपसभामुख सृजना दनुवारले बैठक सन्चालन गर्नेछिन् ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  १०:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update