Public Pana
एमबीबीएस पढ्दै गरेका विद्यार्थी चितवनबाट पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा एमबीबीएस अध्ययनरत एकजना विद्यार्थी चितवनबाट पक्राउ परेका छन् ।
 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले चितवनबाट नसिम अख्तरलाई पक्राउ गरेको हो ।

सप्तरीको राजविराज ७ ठेगाना भएका अख्तरलाई चितवनबाट काठमाडौं ल्याइदै छ ।
 

उनी चितवन मेडिकल कलेजमा एमबीबीएस अन्तिम सेमेष्टरमा अध्ययनरत विद्यार्थी हुन् । उनीमाथि आईएससी पास भएको सर्टिफिकेट नक्कली बनाएको आरोप छ ।
 

एमबीबीएस अध्ययनका लागि उनले काठमाडौंको सेन्ट जेभियर्स कलेजबाट आईएससी पास भएको सर्टिफिकेट पेस गरेका थिए ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  १०:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update