Public Pana
जुलेबी’ र ‘हिँड्दा हिँड्दै’ आज रिलिज

आज शुक्रबारबाट दुई नेपाली फिल्म ‘जुलेबी’ र ‘हिँड्दा हिँड्दै’ एकसाथ प्रदर्शनको मैदानमा उत्रिएका छन् तर, गुमनाम हिसाबले ।

दुवै फिल्मका निर्माताले प्रचारमा रुचि देखाएनन् । ‘जुलेबी’ले थोरबहुत प्रचार तर प्रभावविहीन ।

सम्भवतः  फिल्मको टिमलाई मात्र रिलिजबारे जानकारी भयो । ‘हिँड्दा हिँड्दै’को त त्यति पनि भएन ।

फलतः दुवै फिल्मको बिहानी शोको अकुपेन्सी दयनीय छ ।


फिल्म दर्शकका लागि बनाइन्छ । दर्शकले फिल्म हेरिदिए निर्माताले धेरथोर पैसा कमाउने हो ।

दर्शकको भीड हलसम्म ल्याउन फिल्मबारे जानकारी पु-याउन सक्नुपर्छ । त्यसका लागि प्रचार जरुरी छ ।

किनकि, पीठो बोल्नेकै बिक्छ । प्रचारबिना प्रदर्शन भएका फिल्म एक रेक्टरका भूकम्प जस्ता हुन्छन्, लागेको र उत्रिएको पत्तो नहुने । र, हलमा फिल्म दर्शकले कम, हलका कुर्सीले बढी हेर्छन् ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  १०:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update