Public Pana
एमसीसी परियोजनाका लागि जग्गा अधिग्रहणको प्रक्रिया सुरु

अमेरिकाको अनुदान आयोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अन्तर्गत मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल)द्वारा सन्चालित विद्युत प्रसारण लाइन निर्माणका लागि मकवानपुरमा पनि जग्गा अधिग्रहण प्रक्रिया सुरु भएको छ ।
 

जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गर्दै रातमाटे सबस्टेसनदेखि नयाँ हेटौँडा सबस्टेसन खण्डमा पर्ने थाहा नगरपालिका, कैलाश गाउँपालिका, राक्सिराङ गाउँपालिका तथा हेटौँडा उपमहानगरपालिकामा पर्ने जग्गा, जग्गामा रहेका घर गोठ, टहरा, कटेरा तथा रुख विरुवा समेत स्थायी रूपमा अधिग्रहण गरिने जनाएको छ ।
 

सूचना प्रकाशित भएको २१ दिनभित्र सरोकारवालाहरूलाई क्षतिपूर्तिका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरमा निवेदन दिन भनिएको छ । साथै जग्गा अधिग्रहण गर्न नपर्ने कुनै मनासिब कारण भएमा पनि सात दिनभित्र निवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  १०:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update